२८ जेठ २०८३, बिहीबार

मानव बेचविखन मुद्दामा फरार दुई जना पक्राउ

मानव बेचविखन मुद्दामा फरार दुई जना पक्राउ

काठमाडौँ-नेपाल प्रहरीले मानव बेचविखन तथा ओसारपसार मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले मानव बेचविखन तथा ओसारपसार मुद्दामा फरार मकवानपुरका ३६ वर्षीया रुविना मोक्तान र ४० वर्षीय रुवी रुम्बालाई साेमबार सार्वजनिक गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको पत्रअनुसार मानव बेचविखन गरेर फरार रहेका उनीहरुलाई काठमाडौँबाट पक्राउ गरिएको हो । यसैगरी प्रहरीले जबर्जस्तीकरणी मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरले जबर्जस्तीकरणी मुद्दामा फरार सिन्धुलीका ३३ वर्षीय अर्जुन सुवेदीलाई नयाँबजारबाट पक्राउ गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्