२४ जेठ २०८३, आइतबार

ब्राउन सुगरसहित दम्पती पक्राउ

ब्राउन सुगरसहित दम्पती पक्राउ

सुर्खेत- ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय छिन्चुले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरू श्रीमान र श्रीमती भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार वीरेन्द्रनगरमा समिट टेन्ट हाउसका सञ्चालक सलिन सिद्धिकी र सहनाज सिद्धिकीलाई इलाका प्रहरी कार्यालय छिन्चुले पक्राउ गरेको हो । 

विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईको नेतृत्वमा खटिएको टोली सिद्धिकीद्वयलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूबाट १५ क्वाटर ब्राउन सुगर बरामद गरेको छ । भारतको रुपैडियाबाट सिद्धिकीद्वयले ब्राउन सुगर ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भे ७ प ५०५८ नम्बरको मोटरसाइकलको सिटमुनि लुकाएको अवस्थामा ब्राउन सुगर फेला परेको सुर्खेत प्रहरीले जानकारी दिएको छ ।

सिद्धिकीद्वयलाई अदालतबाट म्याद थप गरेर छिन्चु प्रहरीले अनुसन्धान शुरू गरेको छ । यस्तै एकसाता अघि छिन्चु प्रहरीले वीरेन्द्रनगर नगरपालिकामा कार्यरत कुचिकार इन्द्रजीत बाल्मीकीलाई समेत ६.८१० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो । बिस्कुटमा ब्राउन सुगर लुकाएर ल्याउँदै गर्दा बाल्मीकिलाई प्रहरीले पक्राउ गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्