२८ जेठ २०८३, बिहीबार

लगानी सम्मेलनको तयारी पूरा, एक दर्जन परियोजनाका समझदारीपत्रमा हस्ताक्षर हुने

लगानी सम्मेलनको तयारी पूरा, एक दर्जन परियोजनाका समझदारीपत्रमा हस्ताक्षर हुने
तस्वीर: रासस

काठमाडौं–यही चैत १५ र १६ गते काठमाडौँमा हुन लागेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । लगानी बोर्डका अनुसार सम्मेलनमा सरकारकोतर्फबाट ५० र निजी क्षेत्रका तर्फबाट २७ वटा आयोजना समावेश गरिएको छ । 

यस्तै सम्मेलनमा कूल ७७ वटा परियोजनालाई ‘शो केश’ मा राखिने भएको छ । लगानी सम्मेलनमा विभिन्न मुलुकका ६०० बढी प्रतिनिधि तथा लगानीकर्ता सहभागी हुने छन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सम्मेलनका क्रममा एक दर्जनजति परियोजनाका समझदारीपत्रमा हस्ताक्षर हुने जानकारी दिए । 

ऊर्जा, पर्यटनजस्ता क्षेत्रसँग जोडिएका परियोजनाका प्रवद्र्धकसँग उक्त समझदारी हुने र थप विवरण भने बुधबार सार्वजनिक गरिने उनको भनाइ छ । सम्मेलनमा विदेशी लगानीकर्ताका अलावा विश्व बैंक, एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता बैंक तथा वित्तीय संस्थाकोसमेत सहभागिता रहनेछ । 

सम्मेलनको तयारीका बारे मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बोर्ड बैठकले सम्मेलनमा सहभागी हुने पाहुनालाई उच्चस्तरको आतिथ्यता प्रदान गर्ने निर्णय गरेको छ । यस अघि गोर्खा भूकम्पपछि २०७२ साल असार १० गते लगानी सम्मेलन भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्