२८ जेठ २०८३, बिहीबार

विप्लव निकट शिक्षक संगठनका अध्यक्ष आचार्य पक्राउ

चैत १३, २०७५
विप्लव निकट शिक्षक संगठनका अध्यक्ष आचार्य पक्राउ

बुटवल- नेत्रविक्रम चन्द विप्लव निकट अखिल नेपाल शिक्षक संगठन रुपन्देहीका अध्यक्ष रामजी आचार्यलाई प्रहरीले बुधवार पक्राउ गरेको छ । 

रुपन्देहीको कञ्चन गाउँपालिका रुद्रपुर हरैयास्थित आफ्नै घरमा बसिरहेका अवस्थामा सादा पोसाकमा खटिएका प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । 

पछिल्लो समय नेकपाका नेता कार्यकर्तामाथि उच्च निगरानी बढाएको छ । आचार्य अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्यसमेत हुन् । 

अध्यक्ष रामजी आचार्य रुपन्देहीको सुर्यपुरा माविका सहायक प्रधानाध्यापक तथा हरैया बहुमुखी क्याम्पसमा अध्यापनरत छन् । तर प्रहरीले घटनाको बारेमा पुष्टि गरेन । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख हृदय थापाले विप्लवका कार्यकताहरु समाउन विभिन्न ठाउँमा प्रहरी परिचालन गरिएको बताए । उनले आचार्य पक्राउ परेको लुकाउन खोजे । 

विप्लव निकट शिक्षक संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकले एसईईको अनुगमन गरेर आएर घरमै बसेको अवस्थामा प्रहरी आचार्यलाई गिरफतार गरेको बताए ।

उनले परीक्षाका बेलामा शिक्षकहरुलाई धरपकड गर्नु दु:ख रहेको बताए । पाठकले आचार्यलाई तुुरुन्त रिहा गर्न माग गरे । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी डिलबहादुुर मल्ललाई आफूलाई पनि पक्राउ बारे कुनै जानकारी नआएको बताए । आचार्यलाई इप्रका सुर्यपुरामा राखेको बताइको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्