२० असार २०८३, शनिबार

गोकर्ण विष्टको ठाडो निर्देशनपछि कर्मचारीको हचुवा काम खारेज

चैत १४, २०७५
गोकर्ण विष्टको ठाडो निर्देशनपछि कर्मचारीको हचुवा काम खारेज

बुटवल – सरकारले सबै प्रदेशमा श्रम कार्यालय स्थापना गरेको छ । 

५ प्रदेश नम्बरबाट वैदेशिक रोजगारमा जाने कामदारलाई सहज होस् भनेर बुटवल उपमहानगरपालिका–६ चाँदबारीमा स्थापना गरिएको श्रम तथा रोजगार कार्यालयले पनि गएको पुुस १५ गतेदेखि सेवा शुरू गरेको थियो ।

तर साघुुरो गल्ली, सानो घर र पार्किङको सेवाग्राहीलाई समस्या भएको देखेपछि श्रम रोजगार तथा सामाजिक सुुरक्षामन्त्री गोकर्ण विष्टको ठाडो निर्देशनपछि कार्यालय शुुक्रवार सरकारी भवन व्यवसायिक सीप विकास प्रतिष्ठान रामनगरमा सर्ने भएको छ ।

कार्यालय साँघुुरो हुँदा सेवाग्राहीले सास्ती भोग्दै आएका थिए । मन्त्री विष्टले फागुुन २७ गते कार्यालयको छड्के निरीक्षण गरेका थिए । गएको असोजमा कार्यालय चाँदबारीमा सरेको थियो । कार्यालयका शाखा अधिकृत बालकृष्ण थापाले सेवाग्राहीको चाप, साँघुुरो बाटो र लाइन बस्न समस्या देखिएकोले कार्यालय सार्नुु परेको बताए । कार्यालयले वैदेशिक रोजगारमा जाने कामदारको पुुनः श्रम स्वीकृति (रि-इन्ट्री) को काम गर्दै आएको थियो । 

गत असोजमा मासिक ४५ हजार भाडा तिर्ने गरी १० कोठाको २ तले भवन श्रम कार्यालयका रुपमा प्रयोग गर्ने गरी भाडामा लिइएको थियो । भवन कार्यालयका प्रमुुख उमेश शर्मा नेतृत्वको टोलीले खोजेको थियो । कार्यालय आवास क्षेत्र साँघुरो बाटो भएको ठाउँमा खोजिएको थियो ।

थापाले भने, ‘मन्त्रालयले पत्र काटेर सीप विकास प्रतिष्ठानमा सर्न निर्देशन आएपछि हामीहरू सर्न लागेका हौं । कार्यालय बुटवल १० स्थित सीप विकास प्रतिष्ठानमा शुुक्रवार सर्दैछ ।’ काम शुुरू भएको ४ महिना नपुुग्दै भवन सर्नुपर्ने बाध्यता कर्मचारीले हचुुवाको भरमा भवन खोज्नुुको परिणाम भएको बताउँछन् । 

युवा संघ नेपालका स्थायी कमिटी सदस्य देवराज पोखरेलले कर्मचारीको कमिशनको खेलमा लाग्दा सेवाग्राहीलाई फाइदाभन्दा दुुःख पाउने भवन खोज्नेको बताउँछन् । 

उनले भने, ‘कर्मचारीहरू कमिशनको खेलमा लाग्दा बुटवलमा श्रम कार्यालय साँघुुरो ठाउँमा स्थापना गरिएको थियो । सेवाग्राहीले दुुःख पाएको मन्त्री विष्टले देखेपछि कार्यालय सार्न थालेका छन् ।’ श्रम कार्यालयका लागि भनेर बनाइएको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बनाइएको छ । 

कार्यालयका नायव सुुब्बा रोमलाल पुुुरीले पार्किङ सुविधा नभएको साथै सेवाग्राही समेत लाइनमा बस्न नसक्ने स्थान भएकै कारण आफूहरूले पनि सार्ने प्रक्रियामा रहेको बताए । १४ जनाको दरबन्दी स्वीकृत छ । तर २ वटा शाखा अधिकृतको दरबन्दी भएकोमा अहिले १ जना मात्रै शाखा अधिकृतबाट कार्यसम्पादन गर्नुपरेको उनले सुनाए ।

श्रम कार्यालय बुटवलको कार्यक्षेत्र तत्कालीन लुम्बिनी अञ्चलका ६ वटा जिल्ला गुल्मी, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही र नवलपरासी रहेका छन् भने राप्ती अञ्चलका ५ वटा जिल्ला रुकुम, रोल्पा, दाङ, सल्यान र प्यूठान गरी ११ वटा जिल्ला रहेका छन् । कार्यालयमा दैनिक ३ सयदेखि १ हजार जनासम्म सेवाग्राही सेवा लिन आउने गरेको कार्यालयको भनाइ छ ।  

बुुटवल १० रामनगरस्थित सीप विकास तालिम प्रतिष्ठानमा २ वटा भवन छन् । एउटामा प्रदेश सभामुुख पूूर्णबहादुुर घर्तीको निवासका रुपमा प्रयोग गरिएको छ । बुुटवलका नापी तथा मालपोत कार्यालय पनि साँघुुरो निजी भवनबाट सेवा प्रवाह गर्दै आएको छ । जहाँ सेवाग्राहीले सास्ती पाउँदै आएका छन् । 

श्रम कार्यालय शुुक्रवार रामनगर सर्दैछ । शुक्रवार १ दिन काम बन्द गर्ने र शनिवार पनि भवन व्यवस्थापनको काम सकेर आइतवारदेखि रामनगरबाट सेवा दिने कार्यालयको भनाइ छ । कार्यालय स्थापनासँगै खोलिएका पसल अलपत्र परेका छन् । कार्यालय सर्ने भएपछि ती कार्यालय पनि सँगै सर्ने तयारीमा रहेको देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्