२० असार २०८३, शनिबार

बारा-पर्साका हावाहुरीले पुर्‍याएको क्षतिप्रति मालेद्वारा दु:ख व्यक्त

बारा-पर्साका हावाहुरीले पुर्‍याएको क्षतिप्रति मालेद्वारा दु:ख व्यक्त

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माले) ले बारा र पर्सामा हावाहुरी, असिनापानीका कारण गएराति दिवङ्गत भएका परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेको उचित स्वास्थोपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । 

पार्टीका नेता कुमार बेलबासेले आज जारी गरेको विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

पार्टीले यस दुःखद घडीमा राहत र उद्दार कार्यमा सक्रिय बन्न पार्टीका बारा र पर्सा जिल्ला कमिटीलाई निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा आगामी वर्षातमा तराई भू–भाग बाढीको चपेटामा पर्ने र ब्यापक जनधनको क्षति हुनसक्ने हुँदा डुबान हुननदिन पहल गर्नुपर्नेमा जोड दिइएको छ । 

विज्ञप्तिमा प्राकृतिक प्रकोप नियन्त्रण गरी त्यसबाट हुने क्षति न्यूनीकरण गर्न सम्भावित जनधनको क्षति रोक्नुपर्ने र व्यवस्थित तथा सुरक्षित बसोवासको नीति निर्माण एवं कार्यान्वयन गर्न सरकारलाई आग्रह गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्