२८ जेठ २०८३, बिहीबार

एसएसबीद्वारा मारिएका गौतमको परिवारलाई ५ लाख दिने ओलीको घोषणा

कात्तिक २०, २०७४
एसएसबीद्वारा मारिएका गौतमको परिवारलाई ५ लाख दिने ओलीको घोषणा
कञ्चनपुर, ३ चैत-एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय सीमा सुरक्षा बल एसएसबीको गोलीबाट मारिएका शहीद गोविन्द गौतमको परिवारलाई ५ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
एमाले मेची महाकाली अभियान अन्तर्गत कञ्चनपुरमा आयोजित कार्यक्रममा ओलीले गौतमका सन्तानलाई शिक्षादिक्षाको व्यवस्था गर्ने समेत घोषणा गरेका हुन् ।

अध्यक्ष ओलीले भारतको हेपाह प्रवृत्ति विरुद्ध लडेकामा कञ्चनपुरवारीलाई धन्यावाद दिए । ‘भारतले ठूलो देश वाला अहंकार छोड्नु पर्छ ।’ ओलीले भने ,‘ नेपाल र नेपाली जनासँग भारतले सीमा उल्लंघन गरेकोमा माफी माग्नुपर्छ ।’


आफूले प्रधानमन्त्री प्रचण्डलाई भारत सरकारले नेपाली जनतासँग माफी माग्न लगाउन भनेको बताउँदै ओलीले त्यसका लागि सरकारले खुट्टा कमाउन नहुने बताए ।

अोलीले कञ्चनपुर एमाले अध्यक्ष तारा लामा तामाङ मार्फत ५ लाखको चेक र ल्यापटक शहीद गोविन्द गाैतमको परिवारलार्इ हस्तान्तरण गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्