३० जेठ २०८३, शनिबार

मेक्सिको तर्फको दक्षिणी सिमाना बन्द नगर्न ट्रम्प सहमत

चैत २०, २०७५
मेक्सिको तर्फको दक्षिणी सिमाना बन्द नगर्न ट्रम्प सहमत

न्यूयोर्क–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको तर्फको दक्षिणी सिमाना बन्द नगर्न सहमत भएका छन् । 

स्थानीय समयअनुसार मङ्गलबार उनले त्यस क्षेत्रबाट आफ्नो घर फर्किन चाहनेहरुका लागि सजिलो बनाउन बन्द नगर्न निर्णय गरेको बताइएको छ ।    

“हुन त मैले वास्तवमै यस्ला बन्द गर्न चाहन्थे, तर मेक्सिकोले नगर्नु भनेकाले मैले केही समयका लागि यस्लाई स्थगित गरेको हुँ,” ट्रम्पलाई उद्धृत गर्दै स्रोतले भन्यो ।

हजारौँ मानिस दक्षिणी सिमानाबाट आफ्नो घर फर्किने विश्वास लिइएको पनि उउनले बताएको समाचारमा जनाइएको छ । 

व्यापार, सुरक्षा लगायतका कारण देखाउदै राष्ट्रपति ट्रम्पले लामो समयदेखि अमेरिका र मेक्सिको बीचको सिमाना बन्द गर्नुपर्ने अडान राख्दै आएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्