०२ साउन २०८३, शनिबार

ओलम्पिक छनोट : नेपाल म्यान्मासँग पराजित

चैत २०, २०७५
ओलम्पिक छनोट : नेपाल म्यान्मासँग पराजित

काठमाडौँ- ओलम्पिक छनोटअन्तर्गत दोस्रो चरणको आज भएको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली म्यान्मासँग पराजित भएको छ । नेपाल घरेलु टोली म्यान्मासँग ३–१ गोल अन्तरले पराजित भएको हो । 

    यसअघि गत कात्तिकमा भएको ओलम्पिक छनोटको पहिलो चरणको खेलमा नेपालले म्यान्मालाई १–१ को बराबरीमा रोकेको थियो । नेपालले आफ्नो दोस्रो खेलमा चिरपरिचित भारतसँग चैत २३ गते खेल्नेछ । प्रतियोगिताको अन्तिम खेलमा नेपालले इण्डोनेसियासँग चैत २६ गते खेल्नेछ । म्यान्मामा गत कात्तिक अन्तिम साता भएको पहिलो चरणमा नेपालले आयोजक म्यान्मा, बङ्गलादेश र भारतसँग बराबरी खेल्दै दोस्रो चरणको यात्रा तय गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्