२८ जेठ २०८३, बिहीबार

लोकसभा निर्वाचन : २० राज्यका ९१ सिटका लागि मतदान शुरु

लोकसभा निर्वाचन : २० राज्यका ९१ सिटका लागि मतदान शुरु

काठमाडौं– भारतमा १७ औं लोकसभाका लागि मतदान शुरु भएको छ। पहिलो चरणमा आज २० राज्यका ९१ सिटका लागि मतदान शुरु भएको हो । ९१ सिटका लागि १४ करोडबढी मतदाताले आज मतदान गर्दैछन् । जसमा १२ सय ७९ प्रत्यासीको भाग्यको फैसला हुनेछ । भारतीय समय अनुसार बिहान सात बजे मतदान शुरु भएको हो । 

आंध्र प्रदेशका सबै २५ लोकसभा सिट, तेलंगानाका १७, आसामका पाँच, बिहारका चार, ओडिशाका चार, छत्तीसगढका एक, जम्मू कश्मीरमा दुई, महाराष्ट्रका सात, अरुणाचलका दुई, मणिपुरका दुई, मेघालयका दुई, नागाल्याण्ड, मिजोरम, सिक्किम, त्रिपुराका एकएक, उत्तर प्रदेशमा आठ, उत्तराखण्डमा पाँच, अंडमान, निकोबार र लक्षद्वीपमा एकएक र पश्चिमबंगालका दुई सिमटमा मतदान हुँदैछ । 

सात चरणमा सकिने निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ । निर्वाचनमा कसले जित्ला भन्ने तर्कले भारतीय अखबारका पाना रङ्गिएका छन् भने टेलिभिजनमा बिहानदेखि साँझसम्मको चर्चा पनि यही छ  । तस्बिर जागरण

salt training

कमेन्ट गर्नुहोस्