काठमाडौं – सरकारले यसअघि रहेको ५ विकास क्षेत्रको संरचनामा आधारित क्षेत्रीय प्रशासन कार्यालय खारेज गर्ने निर्णय गरेको छ ।
संघीय मन्त्रिपरिषद्को गत २५ गते बसेको बैठकले क्षेत्रीय प्रशासन कार्यालय खारेज गर्ने निर्णय गरेको हो । प्रदेश सरकार बनेको १ वर्षपछि सरकारले बल्ल कार्यालय खारेज गरेको छ ।
सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकूलप्रसाद बास्कोटाले क्षेत्रीय प्रशासन कार्यालय खारेज गरी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा गाँभ्ने निर्णय भएको जानकारी दिएका हुन् ।
धनकुटा, हेटौंडा पोखरा, सुर्खेत, दिपालयमा रहेका प्रशासन कार्यालय खारेज गरिएको हो । ‘प्रदेश र संघको सम्बन्ध सफल भएन भनेर गुनासो आउने गरेको थियो, अब सुमधुर सम्बन्ध हुन्छ,’ मन्त्री बास्कोटाले भने ।
सरकारले संघ, प्रदेश र स्थानीय सरकार सम्बन्धी समस्वयन गर्ने सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न अनुमति दिने गरेको छ ।