
काठमाडौं- अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू–१९ विश्वकप एक दिवसीय एशिया छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई जीतका लागि २८३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लब मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै २८२ रन बनायो ।
खराब शुरुआत गरेको नेपालले मात्र १८ रन जोड्दा दुई विकेट गुमाएको थियो तर कप्तान रोहितकुमार पौडेल र पवन सरार्फले ९० रनको साझेदारी गर्दै नेपाललाई उकासेका थिए ।
कप्तान रोहितले ९५ रनको अर्धशतकीय इनिङ्स खेले । पवन ४७ रनमा आउट भए । यस्तै नेपालका लागि राशिद खानले ४८, कमलसिंह ऐरीले ३१ तथा भीम सार्कीले २६ रन बनाए ।
सिङ्गापुरका लागि आथर्भा गुनेले ४ विकेट हात पारे । यस्तै राहुल शर्मा र बिनित मेहेताले दुई दुई विकेट लिए ।