
काठमाडौँ -आइतवार दिउँसो २ बजेबाट बाग्लुङमा परेको भीषण असिनापानीले स्थानीय त्रसित र आतंकित बनेका छन् ।
बाग्लुङको गौंदीखोला आसपासमा बाढीले धेरै कटान गरेको रेडियो गलकोटका स्टेसन म्यानेजर गौतमले लोकान्तरलाई बताए ।
दिउँसोदेखि शुरू भएको वर्षा कहीं उच्च र कहीं न्यून रहेको छ ।
हटियाबजार क्षेत्र उच्च जोखिममा रहेको गौतमले बताए । त्यसैको आसपासमा रहेको दुधिलाभाटी अंग्रेजी स्कूल, स्थानीय ईश्वर बुढाथोकी, १ नम्बर वार्ड अध्यक्ष नेत्रबहादुर बुढाथोकी, होमबहादुर नेपालीको घरमा बाढी पसेको छ भने गलकोट उपस्वास्थ्य चौकीमा पनि उच्च जोखिममा रहेको छ ।
थप विवरण आउन बाँकी छ ।