२४ असार २०८३, बुधबार

प्रहरीलाई ३ लाख ५० हजार घुस दिन खोज्ने फन्दामा

प्रहरीलाई ३ लाख ५० हजार घुस दिन खोज्ने फन्दामा

काठमाडौं–काठमाडौं महानगरपालिका–१५ चमतीस्थित बा ५ ख ४८४२ नम्बरको बसमा अबैध रुपमा ल्याएको लत्ताकपडाहरु बरामद गर्ने क्रममा डिउटीमा खटिएको प्रहरीलाई ३ लाख ५० हजार रुपैयाँ  दिन खोज्ने तीन जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरुमा बसका चालक काठमाडौं महानगरपालिका १५ स्वयम्भू बस्ने सर्लाही घर भएका २६ वर्षीय श्याम विश्वकर्मा, काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने सुर्खेत घर भएका ३२ वर्षीय दिपा रानामगर र नुवाकोट ककनी गाउँपालिका(२ घर भएका २९ वर्षीय भरत तामाङ रहेका छन् ।

महानगरीय प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उक्त बस जाँच गर्ने क्रममा अबैध रुपमा ल्याएको लत्ताकपडाहरु फेला पारी बरामद गर्दा उनीहरुले उक्त नगद प्रहरीलाई दिन खोजे पश्चात उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्