२२ असार २०८३, सोमबार

सेनालाई राजनीतिक भेटमा कडाइ गरियो

बैशाख ६, २०७६
सेनालाई राजनीतिक भेटमा कडाइ गरियो

काठमाडौं– सैनिक अधिकारीमाथि राजनीतिक र कुटनीतिक भेटमा कडाइ गरिएको छ । 

सरुवा, बढुवा तथा शान्ति सेनामा सहभागी हुन राजनीतिक भनसुन अमान्य हुने आचारसंहिता सेनाले तयार पारेको हो । 

बिना उद्देश्य गरिने भेटले संगठनको गोपनियता भंग हुने र प्रतिष्ठामा गम्भीर आँच आउने भन्दै जंगी अड्डाले कडाई गरेको हो । 

आचारसंहितमा नेपाली सेनाको परम्परा, शिष्टाचार, मिडिया तथा सोसल मिडियाको प्रयोग, आर्थिक कारोबार, राजनीतिक तथा कुटनीतिक भेटघाट, उपहार लेनदेनलगायतका विषय रहेका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्