१४ असार २०८३, आइतबार

सरकारी काममा चरम लापरवाही, कालोपत्र भएको सडक १ वर्षमै खाल्डाखुल्डी !

सरकारी काममा चरम लापरवाही, कालोपत्र भएको सडक १ वर्षमै खाल्डाखुल्डी !
प्रतिकात्मक तस्वीर

काठमाडौं – सडक कालोपत्र भएको १ वर्षमै गौरीघाट–टुसाल सडकमा खाल्डाखुल्डी हुन थालेको छ ।

सडक कालोपत्र गर्दा गुणस्तरीय काम नभएकाले १ वर्षमै जीर्ण भएको स्थानीयको गुनासो छ ।

तोकिएको समयभन्दा बढी समय लगाएर बनेको सडक निर्माण भएको १ वर्षमै जीर्ण बन्दा हिउँदमा धुलो र वर्षामा हिलोको समस्या रहेको स्थानीय रवि भट्टराई बताउँछन् ।

निर्माण व्यवसायीले सम्झौताअनुसार काम नगर्ने, सडक डिभिजन कार्यालयले अनुगमन नगर्ने गरेकाले कमजोर सडक निर्माण भएको हो । ३ किलोमिटरको सडकको दर्जनभन्दा बढी स्थानमा खाल्डाखुल्डी परेको छ ।

कतिपय स्थानमा भने स्थानीयवासीले खानेपानीको पाइप लैजाँदा खनेको खाल्डो नपुरिँदा त्यहीँबाट सडक जीर्ण बन्न थालेको छ ।

सडक सम्पन्न भएको १ वर्षभित्र बिग्रिए निर्माण व्यवसायीले नै मर्मतसम्भार गर्नुपर्ने व्यवस्था छ । सडक डिभिजन कार्यालयले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई पानीको पाइप बिच्छ्याउन अनुमति दिएपनि सडक बनाउन नलगाएको कुमारीगाल टोल सुधार समितिका अध्यक्ष मुकुन्द अधिकारीले बताए ।

गत वर्ष वर्षाद्मा यो सडक विस्तार सम्पन्न भएको थियो । सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कैलाशकुमार श्रेष्ठ निर्माण भएको १ वर्ष अगावै सडक जीर्ण भए निर्माण व्यवसायीलाई मर्मत गराउने बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्