
काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूहद्वारा आयोजना गरिएको राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५ लाई मुख्य प्रायोजन नेपाल लाइफ इन्स्योरेन्सले गर्ने भएको छ ।
लाइफ टाइम अचिभमेन्ट फोटो पत्रकारिता अवार्ड पनि नेपाल लाइफ इन्स्योरेन्सको नामबाट वितरण गरिने भएको छ ।
यससम्बन्धी सम्झौता पत्रमा आयोजक संस्थाका संयोजक प्रदीपराज वन्त र प्रायोजक संस्थाका तर्फबाट कर्पोरेट प्रमुख पवनकुमार खड्काले शुक्रवार हस्ताक्षर गरे ।
लाइफ टाइम अचिभमेन्ट अवार्डबाट एक जना वरिष्ठ फोटो पत्रकारलाई ५० हजार नगद सहित ट्रफी र सम्मान पत्रले सम्मानित गरिनेछ ।

उक्त अवार्ड लगायत अन्य १४ विधाका अवार्ड पुरस्कार होटल अन्नपूर्ण दरबार मार्गमा यही वैशाख १३ गते विषेश कार्यक्रम गरी वितरण गरिने आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रममा गाल्डस्टार सूज खेलकुद फोटो पत्रकारिता अवार्ड, नेपाल टेलिकम डेली लाइफ फोटो पत्रकारिता अवार्ड ,पञ्चकन्या ग्रुप आर्थिक फोटो पत्रकारिता अवार्ड, थाहा अध्ययन राजनैतिक फोटो पत्रकारिता अवार्ड वितरण गरिने छ ।
यसका अलावा आईएमई गु्रप, नेपाल एयरलाइन्स, ई–सेवा, देउराली जनता, नेपाल चेम्बर अफ कमर्स, होटल अन्नपूर्ण, रुस्लान म्यूजिक लगायतको सहयोग छ ।