०४ साउन २०८३, सोमबार

निर्वाचन आयोगले राप्रपाको ‘हिन्दुराष्ट्र’ हटाइदिएपछि आकस्मिक बैठक

कात्तिक २०, २०७४
निर्वाचन आयोगले राप्रपाको ‘हिन्दुराष्ट्र’ हटाइदिएपछि आकस्मिक बैठक
काठमाडौं, ५ चैत– निर्वाचन आयोगले राप्रपाको विधानमा उल्लिखित ‘संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र’ भन्ने शब्दावली हटाइदिएपछि सो पार्टीले आज आकस्मिक बैठक बोलाएको छ ।kamal_thapa_1
राप्रपाको सैद्धान्तिक, वैचारिक पक्षका बारे निर्वाचन आयोगले राजनीतिक निर्णय गरेको परिवर्तित सन्दर्भमा पार्टीको पदाधिकारी तथा काठमाण्डौमा उपलब्ध केन्द्रीय सदस्यहरुको आकस्मिक बैठक बोलाइएको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बैठक बिहान ९ बजेपछि पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ ।
यसअघि सो पार्टीका अध्यक्ष कमल थापाले निर्वाचन आयोगले गरेको निर्णयको विरोध गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्