२१ जेठ २०८३, बिहीबार

मृतकका हकवालालाई ३४ करोड २५ लाख

बैशाख ७, २०७६
मृतकका हकवालालाई ३४ करोड २५ लाख

काठमाडौं–सरकारले वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका कामदारकोे हकवालालाई आर्थिक सहायतास्वरूप ३४ करोड २५ लाख रुपियाँ खर्चेको छ। सरकारले चालू आर्थिक वर्षको ८ महिना अर्थात् गएको साउनदेखि फागुनको दोस्रो सातासम्म ५ सय २४ जना मृतकका हकवालालाई उक्त रकम खर्चेको हो। सो अवधिमा मृत्यु भएका कामदारको संख्या भने ५ सय ५३ रहेको छ। नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । 

आर्थिक सहायता पाउनेमध्ये ४ सय ८२ जनाले ७ लाख रुपियाँ र ४२ जनाले १० हजार रुपियाँ पाएको वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्