
काठमाडौं – भारतको गुजरातस्थित सुरेन्द्रनगरमा हार्दिक पटेललाई एक व्यक्तिले थप्पड हानेको काण्ड सेलाउन नपाउँदै अर्को घटना सार्वजनिक भएको छ ।
अहमदाबादमा शनिवार कांग्रेस नेता हार्दिकको चुनावी सभामा हंगामा भयो ।
सभामा हार्दिकको भाषण सुन्न पुगेका केही मानिसले कांग्रेस पार्टीको झण्डा बोकेका थिए भने केहीले प्लास्टिकका कुर्सी । ती कुर्सी उनीहरूले एकअर्कामाथि प्रहार गरे ।
हार्दिकले यसबीचमा मानिसहरूलाई शान्त रहन अपील गरिरहे ।
चुनावी सभामा भएको हंगामामा भाजपा जिम्मेवार रहेको बताइएको छ । विवाद के कारणले भयो भन्ने स्पष्ट हुन सकेको छैन ।
हंगामा भाजपाका कार्यकर्ताले गरेको हार्दिकको आरोप छ । उनले भने, ‘यी भाजपा कार्यकर्ताले बाधा दिइरहन्छन् । ठीकै छ, यिनीहरूलाई यसै गर्न देऊ ।’
शुक्रवार चाहिँ सुरेन्द्रनगरमा आयोजित जनआक्रोश सभाका बेलामा तरुण गज्जर नामक व्यक्तिले हार्दिकलाई थप्पड हानेका थिए । हार्दिकले समर्थकहरूले त्यसपछि तरुणलाई निकै पिटे ।
एजेन्सी