
महोत्तरी - महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाका अध्यक्ष विनोद चौधरीको आइतवार निधन भएको छ ।
पाँच/छ दिनअघि अचानक बिरामी भई हेलिकप्टरमार्फत काठमाडौं लगिएकामा ४५ वर्षीय चौधरीको आइतवार उपचारका क्रममा काठमाडौंमै निधन भएको राष्ट्रिय जनता पार्टी नेपालका महोत्तरी जिल्ला संयोजक रामप्रगास यादवले बताए ।
राजपाबाट पिपराका अध्यक्षमा निर्वाचित चौधरीको आज बिहान १० बजे काठमाडौँको मेडिसिटी अस्पतालमा निधन भएको संयोजक यादवले बताए ।
अध्यक्ष चौधरीले निर्वाचित भएदेखि नै पटक-पटक बिरामी भएर भारतको दिल्लीसम्म उपचार गराएका थिए ।
पाँच/छ दिनअघि पुनःएक्कासि बिरामी भएपछि उgलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो ।
चौधरीको शव जिल्ला ल्याउने तयारी भइरहेको छ ।