२५ असार २०८३, बिहीबार

प्रधानमन्त्री ओलीले गरे श्रीलंकाका समकक्षीलाई फोन, घटनाप्रति दुःख व्यक्त

प्रधानमन्त्री ओलीले गरे श्रीलंकाका समकक्षीलाई फोन, घटनाप्रति दुःख व्यक्त

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेसँग फोनमा कुरा गर्दै  विष्फोटमा परी २ सय भन्दा बढीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

आइतवार साँझ श्रीलंकाली समकक्षीसँग फोनमा कुरा गर्दै प्रधानमन्त्री विक्रमासिंघे र श्रीलंकाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

श्रीलंकाका संचारमाध्यमहरूले श्रीलंकाका विलासी होटल र चर्चहरूमा आइतवार भएको शृंखलाबद्ध बम विस्फोटमा परी मर्नेको संख्या २०० भन्दा बढी पुगेको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्