३० जेठ २०८३, शनिबार

कोलम्बोमा शृङ्खलाबद्ध बिस्फोटः सभापति देउवाद्वारा दुःख व्यक्त

कोलम्बोमा शृङ्खलाबद्ध बिस्फोटः सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ– नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले श्रीलङ्काको कोलम्बोमा भएको शृङ्खलाबद्ध बम विष्फोटनमा परी सयौं मानिसको मृत्यु र घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको निन्दा र भत्र्सना गरेका छन् । 

    उनले विज्ञप्तिमार्फत सो घटनाले सम्पूर्ण विश्वलाई नै शोक विह्वल र स्तब्ध बनाएको उल्लेख गर्दै विश्वको जुनसुकै कुनामा हुने मानवताविरुद्धका यस्ता आतङ्ककारी घटनाको काङ्ग्रेस सदैव घोर निन्दा र भत्र्सना गर्दछ भनेका छन् । 

    “हत्या, हिंसा र आतङ्क सदाका लागि अन्त्य गरिनु पर्दछ भन्ने काङ्ग्रेसको स्पष्ट धारणा रहँदै आएको छ । यस दुःखद् क्षणमा म र मेरो पार्टीको तर्फबाट श्रीलङ्का सरकार र त्यहाँका जनताप्रति सहानुभूति प्रकट गर्दछु । साथै, धैर्यताका साथ अगाडि बढ्न आग्रह गर्दछु”, विज्ञप्तिमा उल्लेख छ । 

    सभापति देउवाले घटनामा परी निधन हुनुभएका सबैप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना र उनीहरुका परिवारजनप्रति समवेदना प्रकट गर्नुका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्