२० असार २०८३, शनिबार

कामना सेवाको विरौटा शाखा स्थानान्तरण, कारोबार शुरू

कामना सेवाको विरौटा शाखा स्थानान्तरण, कारोबार शुरू

पोखरा- कामना सेवा विकास बैंक लिमिटेडले आइतवार पोखरा महानगरपालिकाको वडा नं. १७, विरौटा चोकमा सेलवेजमार्ट भएको भवनमा आफ्नो विरौटा शाखा स्थानान्तरण गरी कारोबार शुरू गरेको छ ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, बैंक सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्य, सञ्चालकहरू चतुराखर अधिकारी, देव कृष्ण काफ्ले, बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले शाखा स्थानान्तरण पश्चात कारोबार शुभारम्भ गरेका थिए । 

बैंकका प्रमुख कार्यकारीअधिकृत बस्नेतले शाखा स्थानान्तरण पश्चात ग्राहकहरूलाई अझ आधुनिक बैंकिङ सेवासँगै बैंकले व्यापार विस्तारलाईअझ तीव्रताका साथ अघि बढाउने बताए । 

बैंकले देशका विभिन्न भागहरूमा ८३ वटा शाखा तथा ३७ वटा एटीएम मार्फत ग्राहकहरूलाई आफ्नो सेवाहरू प्रदान गर्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्