२४ असार २०८३, बुधबार

झुन्डिएको ठाउँ देखाऊ भन्दा प्रहरीले मानेन

बैशाख १३, २०७६
झुन्डिएको ठाउँ देखाऊ भन्दा प्रहरीले मानेन

काँकडभिट्टा — मेचीनगर ६, काँकडभिट्टाका १५ वर्षीय किरण कार्की ढोली (दर्जी) को हिरासतमा शंकास्पद मृत्यु भएको घटना छानबिनका लागि प्रहरीले उनको परिवारसँग बयान लिएको छ ।
प्रहरीले इलाका, जिल्ला र प्रदेशस्तरका तीन समिति बनाएको थियो । प्रदेशस्तरीय छानबिन समितिले बुधबार राति मृतकका परिवारसँग सोधपुछ गरेको हो । एसएसपी किशोर दाहाल संयोजकत्वको तीन सदस्यीय टोलीले राति ९ बजेसम्म बयानलिएको थियो ।

मृतकका बुबा रमेशले बयान दिन इन्कार गरेका थिए । ‘बयान दिएर मेरो छोरो फर्किएर आउने होइन,’ उनले भनेका थिए । मृतककी दिदी प्रतिमा र भाउजू सिर्जनाले बयान दिएका थिए । किरणले हिरासतमा आत्महत्या गर्नै नसक्ने जिकिर सिर्जनाले गरेकी थिइन् । घटनापछि किरणको शव बुझ्न मेची अञ्चल अस्पतालसमेत पुगेकी उनले किरण झुन्डिएको स्थान हेर्छु भन्दा प्रहरीले नदिएको बताइन् । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्