३० असार २०८३, मंगलबार

सुरक्षित देखिएपछि 'टाटा नेक्सन'को माग बढ्यो, यस्ता छन् विशेषता

बैशाख १५, २०७६
सुरक्षित देखिएपछि 'टाटा नेक्सन'को माग बढ्यो, यस्ता छन् विशेषता

काठमाडौं– नेपालमा चल्ने कारहरूको अधिकांश हिस्सा भारतमा बनेका कारले नै ओगटेको छ । नेपालमा ९० प्रतिशतको हाराहारीमा भारतमा निर्मित कारको खपत हुने गरेको बताइन्छ ।

नेपालमा कार चढ्नेहरूले कारको खरीद मूल्य, रिसेल भ्यालु  र इन्सुरेन्स लगायतका विषयमा मात्रै चासो राख्छन् । कार खरीद गर्नुअघि खरीदकर्ताले मूल्य, इन्सुरेन्स लगायतका विषयमा मात्रै बुझ्ने र सोध्ने गर्छन् । खासमा कार खरीदकर्ताहरूले कारले दिने आरामदायी, भरपर्दो तथा सुरक्षित यात्राको बारेमा खासै चासो नराख्ने व्यवसायी बताउँछन् ।

बढ्दो सवारी साधन लगायत विभिन्न कारणले नेपालमा औसतमा प्रत्येक दिन सडक दुर्घटना भइरहेको छ । दुर्घटनाका कारण मानिसहरूले अकालमै ज्यान गुमाउनु परेको छ ।

बढ्दो दुर्घटनाका कारण मानिसको ज्यान जोखिममा पर्न थालेपछि कम्पनीहरूले यात्रुको सुरक्षामा ध्यान दिन थालेका जानकारहरू बताउँछन् । आपसी प्रतिस्पर्धाका कारण पनि पछिल्लो समय कार निर्माता कम्पनीहरूले यात्रु सुरक्षाका बारेमा विशेष चासो दिन थालेका छन् ।

कारको सुरक्षा सम्बन्धमा परीक्षण गर्ने अन्तर्राष्ट्रिय संस्था ‘ग्लोबल एनक्याप’ (ग्लोबल न्यु कार असेसमेन्ट प्रोग्राम)ले गरेको परीक्षणमा सुरक्षाको दृष्टिकोणले टाटाको नेक्सन कार उत्कृष्ट रहेको पाइएको छ । भारतभर सबैभन्दा बढी अंक प्राप्त गर्दै टाटाको नेक्सन उत्कृष्ट रहेको पाइएको हो । ग्लोबल एनक्यापले गरेको परीक्षणमा टाटाको नेक्सनले ‘फाइभ स्टार’ र्‍याङकिङ प्राप्त गर्दै उत्कृष्ट रहेको पुष्टि गरेको छ । ग्लोबल एनक्यापका अनुसार यस्तो र्‍याङकिङ कुल ‘फाइभ स्टार’ नै हुन्छ ।

ग्लोबल एनक्यापका महासचिव ड्याविड वार्डले टाटा नेक्सन सुरक्षाको दृष्टिकोणले फाइभ स्टार र्‍याङकिङ प्राप्त गरेको र टाटा मोटर्सका लागि यो ऐतिहासिक रहेको बताएका छन् ।

‘भारतमा सुरक्षाको दृष्टिकोणले टाटा नेक्सन फाइभ स्टामा दर्ता भएको छ,’ वार्डले भनेका छन्, ‘यो ऐतिहासिक उपलब्धिका लागि टाटा मोटर्सलाई बधाई छ ।’ वार्डले टाटाको नेक्सनले पाएको फाइभ स्टार र्‍याङकिङले भारतमा टाटा कारको सुरक्षा क्षमता प्रमाणित गरेको र अन्य कार कम्पनीहरूलाई समेत सुरक्षित कार बनाउनेतर्फ डोर्‍याउने बताएका छन् ।

यसअघि सुरक्षाको दृष्टिकोणले ‘थ्री स्टार’ र्‍याङकिङमा रहेको यसले सुरक्षा मामिलामा केही स्थान सुधार गरेको ग्लोबल एनक्यापले जानकारी दिएको छ ।

टाटा नेक्सनले सय प्रतिशत नै र्‍याङकिङ प्राप्त गर्दै सुरक्षाका दृष्टिकोणले भारतभित्र उत्कृष्ट रहेको प्रमाणित गरेको कम्पनीले दाबी गरेको छ ।

वयस्क, बालबालिका तथा ड्राइभर सुरक्षाका दृष्टिकोणले यसअघि थ्री स्टार र्‍याङकिङ रहेको थियो ।

‘टाटा नेक्सन’ यात्राको सन्दर्भमा भारतमा सबैभन्दा सुरक्षित एसयुभीमा दर्ता भएको टाटा मोटर्सले जानकारी दिएको छ ।

मूल्य लगायतका अन्य विषयभन्दा पनि सुरक्षाको विषयलाई नै टाटा नेक्सनले बढि जोड दिएको बताइन्छ ।

टाटा नेक्सन यात्रुको टाउको, गर्दन र चालकको छातीको लागि निकै सुरक्षित रहेको छ ।

माग ह्वात्तै बढ्यो

टाटा मोटर्सले पछिल्लो समय ‘थ्री स्टार’बाट ‘फाइभ स्टार’मा प्रवेश गर्न गरेको सुधारपछि बजारमा टाटा नेक्सनको माग बढेको दाबी गरेको छ । गत डिसेम्बरमा फाइभ स्टारमा प्रवेश गरेपछि नेक्सनको बिक्रीमा १६ प्रतिशतले बिक्री बढेको कम्पनीको दाबी छ ।

‘मासिक कारोबारको हिसाब हेर्दा १६ प्रतिशतले बिक्रीमा सुधार आएको छ,’ कम्पनीले उल्लेख गरेको छ । डिसेम्बर २०१८मा ४ हजार ३ सय ९३ युनिट बिक्री भएको टाटा नेक्सन जनवरी २०१९मा ५ हजार ९५ युनिट बिक्री भएको छ । त्यस्तै ५ हजार २ सय ६३ युनिट फेब्रुअरीमा बिक्री भएको टाटा मोटर्स कम्पनीले जानकारी दिएको छ । बढेको बिक्रीले समेत सुरक्षाको दृष्टिकोणले नेक्सन उच्च रहेको पुष्टि गर्ने कम्पनीको भनाइ छ । नेपाली बजारमा समेत विगत एक वर्षको अवधिमा एक हजारभन्दा बढि टाटा नेक्सन बिक्री भएको टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जानकारी दिएको छ । टाटा नेक्सन कारलाई ग्राहकहरूले निकै रुचाएका कारण एक वर्षको अवधिमा एक हजार भन्दा बढि बिक्री भएको सिप्रदी ट्रेडिङका अधिकारीहरू बताउँछन् ।

यस्ता छन् विशेषता

टाटा मोटर्स कम्पनीको नयाँ डिजाइनमा आधारित चौथो उत्पादन 'टाटा नेक्सन' हो । कर्भ डिजाइन, पृथक स्टाइल र स्मार्ट विशेषताहरूका साथ यसले कम्प्याक्ट एसयूभी स्पेसमा छुट्टै पहिचान स्थापित गरेको छ ।

यसको फ्रन्ट र रेयर सिटमा पर्याप्त खाली ठाउँ छ । ड्राइभर सिटको उचाइ व्यवस्थापन, अटोमेटिक क्लाइमेट कन्ट्रोल लगायतका विशेषता यसमा रहेका छन् ।

टाटा नेक्सनको यात्रा निकै आरामदायी हुने गरेको र एसयूभीमा हुनुपर्ने सबै किसिमका सुविधा यसमा रहेका कम्पनीले दाबी गरेको छ ।

यो कार हेर्दा निकै आकर्षकका साथै १.२ लिटरको ३ सिलिण्डरयुक्त रेभोर्टन इञ्जिन रहेको बताइएको छ । टाटा नेक्सन सेप्टेम्बर २०१७ बाट बजारमा उपलब्ध हुन थालेको हो ।

 

salt training

कमेन्ट गर्नुहोस्