०५ असार २०८३, शुक्रबार

यस्तो उमेरमा आमा बन्दा बढ्नेछ महिलाको आयू

बैशाख १५, २०७६
यस्तो उमेरमा आमा बन्दा बढ्नेछ महिलाको आयू

 प्रजनन विज्ञहरुले भने ढिला गर्भवती हुँदा महिलाहरु निःसन्तान हुनसक्ने चेतावनी दिएका छन् ।

तर पोर्चुगल कोइब्रा युनिभर्सिटीका वैज्ञानिकहरुले गरेको एक अनुसन्धानले भने ढिला आमा बन्ने महिलाहरुका लागि खुसीको कुरा पत्ता लगाएको छ । यो नयाँ अध्ययनको नतिजाअनुसार जुन महिला ढिला आमा बन्छन् उनीहरुको आयू २० वर्षकै उमेर वा त्योभन्दा कम उमेरमा आमा बन्ने महिलाको तुलनामा लामो हुन्छ । 

केही अघि जर्नल अफ पब्लिक हेल्थमा प्रकाशित अध्ययनमा भनिएको छ, ‘यो अध्ययनको नतिजा निकै प्रासंगिक छ, जसले देखाउँछ कि जुन महिलाहरु ढिला गर्भवती हुन्छन् । विशेषगरी पहिलोपटक आमा बन्ने क्रममा उनीहरुको जीवन लामो हुन्छ, र उनीहरु बढी बाँच्छन् ।’

महिलाहरुको जीवनकाल निर्धारित गर्ने विभिन्न फ्याक्टरहरुमा सबैभन्दा आश्चर्यजनक फ्याक्टर त्यो उमेर हो जसमा महिलाहरु गर्भवती हुन्छन् । यसबाट ३० वर्षमा गर्भवती हुने प्रचलनमा बढावा मिल्नेछ ।

मोनोपज जर्नलमा प्रकाशित एउटा अर्को अध्ययनमा पनि जुन महिला ३३ वर्ष वा त्योभन्दा बढी उमेरमा आमा बन्छन् उनीहरुको डीएनएमा दीर्घायुको चिन्ह तीनगुण बढी हुने गर्दछ । 

तर, यो दुवै उमेरमा बढी उमेरमा आमा बन्दा महिलाको आयु कसरी लामो हुन्छ भन्ने विषयमा भने कुनै स्पष्टिकरण दिइएको छैन । 
जुन महिला बढी उमेरमा गर्भवती बन्छन् उनीहरु पढेलेखेका हुन्छन् र सुविधा सम्पन्न हुन्छन् । 

यसप्रकारका महिलाहरु स्वस्थ जीवनशैली अपनाउन सक्छन् । जसका कारण उनीहरुको जीवनकाल अन्य महिलाको चुलनामा बढ्ने गर्दछ ।

salt training

कमेन्ट गर्नुहोस्