काठमाडौं– केन्द्रीय सरकारले स्थानीय तहमा रिक्त दरबन्दीमा एक पटकका लागि केन्द्रीय लोकसेवा आयोगबाटै पदपूर्ति गरी आवश्यक प्रक्रिया अघि बढाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह र प्रदेशमा रिक्र दरबन्दीमा केन्द्रीय लोकसेवा आयोगबाटै पदपूर्ति गर्ने गरी आवशयक प्रक्रिया थालेको खबर राजधानी दैनिकमा छापिएको छ ।
सोअनुसार १०० वटा स्थानीय तहले रिक्त कर्मचारीको विवरणसहितको मागआकृति फारम भरेर मन्त्रालयमा पठाएका छन् ।