१० साउन २०८३, आइतबार

गुराँस लघुवित्तको साधारण शेयर खुल्यो

बैशाख १६, २०७६
गुराँस लघुवित्तको साधारण शेयर खुल्यो

काठमाडौं- पछिल्लो दिनमा साधारण शेयर बिक्री गर्ने होडबाजी चलिरहेको बेला गुराँस लघुवित्तले सोमवारदेखि साधारण शेयर बिक्री शुरू गरेको छ । कम्पनीले दुई लाख ३३ हजार ६२५ कित्ता शेयर बिक्री शुरू गरेको हो । 

बिक्री गर्न लागिएको दुई लाख ५० हजार कित्ता शेयरमध्ये तीन  हजार ८७५ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको छ । 

कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको रहेको दुई लाख ३३ हजार ६२५ कित्ता शेयर सर्वसाधारणको लागि बिक्री गर्न लागिएको हो । सो कम्पनीको साधारण शेयरमा  न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।  कम्पनीको शेयर छिटोमा यही वैशाख २० गते र ढिलोमा आगामी जेठ १४ गतेसम्म आवेदन गर्न सकिनेछ । 

salt training

कमेन्ट गर्नुहोस्