२२ असार २०८३, सोमबार

शंकर पोखरेल सहभागी कार्यक्रमस्थल नजिकै बम विस्फोट

बैशाख १६, २०७६
शंकर पोखरेल सहभागी कार्यक्रमस्थल नजिकै बम विस्फोट
फाइल फोटो

रोल्पा- प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ ।

विप्लव प्रभावित जिल्ला रोल्पा सदरमुकाम लिवाङ नजिकै बम विस्फोट भएको हो । मुख्यमन्त्री नेकपाको लिवाङ कार्यक्रममा सहभागी थिए । 

रोल्पामा जनप्रतिनिधि प्रशिक्षण कार्यक्रममा सहभागी हुन लिवाङ पुगेका मुख्यमन्त्री शंकर पोखरेललाई तर्साउने उद्देश्यले कार्यक्रमस्थलबाट करीब ५ किलोमिटर पर अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लिवाङस्थित नेपाल उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम शुरू भएको ५ मिनेटपछि विस्फोटको आवाज आएको थियो । 

कार्यक्रमस्थलसम्म विस्फोटको आवाज आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्