१० असार २०८३, बुधबार

एनआईसी एशिया बैंकद्वारा दुई नयाँ शाखा सञ्चालनमा

बैशाख १६, २०७६
एनआईसी एशिया बैंकद्वारा दुई नयाँ शाखा सञ्चालनमा

काठमाडौं- एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र दुई नयाँ शाखा कार्यालयहरूको सोमवार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौं महामनगरपालिका वडा नं १४,मेट्रो हल, कुलेश्वरस्थित कुलेश्वर शाखाको उपप्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुखअमित केसीबाट तथा काठमाडौं महानगरपालिका वडा नं ३२, कोटेश्वरस्थित कोटेश्वर शाखाको प्रादेशिक कार्यालय,प्रदेश नं ३ का प्रमुख राजेश रावलबाट आज भव्य समारोहका बीच उद्घाटन भएको हो । 

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरू, २८९ एटीएम, ४० वटा एक्सटेन्सन काउन्टर एवं २४ वटा शाखारहित बैंकिङ ईकाइमार्फत बैंकिङ सेवा प्रदान नगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकका करीब १६ लाख ग्राहक छन् । 

salt training

कमेन्ट गर्नुहोस्