०३ असार २०८३, बुधबार

संसद्‍मा डा. भट्टराईको गम्भीर आक्षेप- प्रधानमन्त्रीले न्यायालयलाई प्रभावमा पारे !

बैशाख १६, २०७६
संसद्‍मा डा. भट्टराईको गम्भीर आक्षेप- प्रधानमन्त्रीले न्यायालयलाई प्रभावमा पारे !

काठमाडौँ -नयाँ शक्ति नेपालका संयोजक तथा सांसद डाक्टर बाबुराम भट्टराईले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचमा सेटिङ हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

संसदको वर्षे अधिवेशनको पहिलो बैठकमा बोल्दै डाक्टर बाबुराम भट्टराईले लोकतन्त्रका तीनवटा अभिन्न अंगहरूबीच अधिकार र कार्यक्षेत्र विभाजनको विषयमाथि सेटिङ मिलाएर कार्यकारीले अनावश्यक हस्तक्षेप गरेको हुन सक्ने आशंका रहेको बताएका हुन् ।

'राज्यका तीन अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको बीचमा अधिकार र कार्यक्षेत्र विभाजनको विषय जुन छ कहीं यहाँ पनि आन्तरिक रूपमा सेटिङ मिलेको त छैन ?' भट्टराईले प्रश्न गरे, 'सेटिङ मिलाएर कार्यकारीले अनावश्यक रूपमा हस्तक्षेप गर्दै न्यायालयलाई प्रभावित त गरेन ? भन्ने खालको गम्भीर आशंका पैदा गराएको छ ।'

भट्टराईले रेशम चौधरी, सीके राउत र विप्लव समूहलाई फरक फरक मापदण्ड अपनाएर व्यवहार गरेको आरोप लगाएका छन् ।

केही समय यताका संकेतहरू सकारात्मक नभएको भन्दै भट्टराईले भने, 'निर्वाचित सांसद रेशम चौधरी, पृथकतावादको नारा दिएका सीके राउत र फेरि अर्को विद्रोहको बाटो लिएका विप्लव समूहलाई हेर्ने विषयमा राज्यले फरक फरक मापदण्ड अपनाएको छ, त्यसले गर्दा ठूलो अविश्वास बनिरहेको अवस्था छ । राज्यले यसरि विभेद गर्न मिल्दैन ।'

salt training

कमेन्ट गर्नुहोस्