
काठमाडौं- हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बाजुरा जिल्लाको विकट खप्तड छेडेदह गाउँपालिका अन्तर्गत डोगाडी-५, छेडेदहमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
सो शाखाको उद्धघाटन छेडेदह गाउँपालिकाका अध्यक्ष श्री नर बहादुर रावतद्वारा भएको हो ।
बैंकले उक्त शाखाबाट ग्राहक महानुभावहरूलाई अत्याधुनिक बैंकिङ सुविधाहरू उपलब्ध गराउनेछ ।