०३ असार २०८३, बुधबार

आँपको बगैँचाबाट लागूऔषधसहित दुई युवा पक्राउ

बैशाख १७, २०७६
आँपको बगैँचाबाट लागूऔषधसहित दुई युवा पक्राउ
सांकेतिक तस्वीर

लहान- प्रतिबन्धित लागूऔषधसहित मंगलवार बिहान प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।

लहान इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका–१९ गाढास्थित आँपको बगैँचाबाट प्रतिबन्धित लागूऔषधसहित वडा नं ३ निवासी २६ वर्षीय श्रवणकुमार यादव र वडा नं ८ निवासी २९ वर्षीय अर्जुनकुमार महतोलाई पक्राउ गरेको हो । 

पक्राउ परेका दुवैको साथबाट फेनारगन २०१ एम्पुल, डाइजेल्याप २३८ एम्बुल र नोर्फिन २२० एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरलेले बताए । 

भारतीय बजारबाट स ७ प ९३९१ नम्बरको मोटरसाइकलमा सवार दुवैलाई रोकेर जाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि सवार महतोले बोकेको ५ लिटरको ग्यालेनमा लागूऔषध फेला परेकाले दुवैलाई पक्राउ गरिएको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्