२२ असार २०८३, सोमबार

श्रीलंकामा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध फुकुवा

बैशाख १७, २०७६
श्रीलंकामा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध फुकुवा

काठमाडौं – श्रीलंकामा अघिल्लो आइतवार भएको शृंखलाबद्ध बम विस्फोटपछि सामाजिक सञ्जालहरूमाथि लगाइएको प्रतिबन्ध मंगलवार फुकुवा गरिएको छ । 

राष्ट्रपति मैत्रीपाला सिरिसेनाले फेसबूक, ह्वाट्सयाप, युट्युब तथा अन्य लोकप्रिय साइटमाथिको प्रतिबन्ध फुकुवा गरेका हुन् । तर जनताले जिम्मेवारीपूर्ण तरिकाले काम गर्नुपर्ने उनले भनेको सरकारी वक्तव्यमा उल्लेख गरिएको छ । 

सरकारले गलत सूचनाहरू प्रवाहित नहुन् भनी सामाजिक सञ्जाललाई ब्लक गरेको थियो । नौ दिनअघि चर्च र विलासी होटलहरूमा भएको बम आक्रमणमा २५३ जना मारिएपछि यो प्रतिबन्ध लगाइएको थियो । 

अलजजीराबाट
 

salt training

कमेन्ट गर्नुहोस्