
मजदुर संगठन क्रियाशील उद्योगमा सम्झौताबिनै श्रमिकलाई काममा लगाउने गरेको पाइएको छ । मजदुरको हकहितमा आवाज उठाउने संगठन भएका ४४ प्रतिशतभन्दा धेरै उद्योग र प्रतिष्ठानहरूले सम्झौता नै नगरी श्रमिकलाई काममा लगाउने गरेको एक अध्ययनले देखाएको छ ।
तत्कालीन नेकपा एमालेसम्बद्ध मजदुरहरूको छाता संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सार्वजनिक गरेकोे श्रम कानुन कार्यान्वयनको अवस्थासम्बन्धी सर्वेक्षणमा ४४.०७ प्रतिशत श्रमिकलाई सम्झौता नै नगरी काममा लगाउने गरेको पाइएको छ । काराेबार दैनिकमा खबर छ ।