२१ असार २०८३, आइतबार

नारुहितो बने जापानका नयाँ सम्राट

बैशाख १८, २०७६
नारुहितो बने जापानका नयाँ सम्राट

काठमाडौं – जापानका सम्राट नारुहितोले राज्यारोहण गरेपछि बुधवार देशका नाममा सम्बोधन गरेका छन् । उनले आनन्द र विश्व शान्तिको आशा व्यक्त गरेका छन् । 

बुधवार भएको औपचारिक राज्यारोहण समारोहमा उनले शाही खजाना विरासतमा प्राप्त गरेका छन् । 

नारुहितोको राज्यारोहणसँगै रेईवा नामक नयाँ युग आरम्भ भएको मानिएको छ । यसको अर्थ हुन्छ व्यवस्था र समन्वय हो । त्यसको शुरूआत भएको र उनको शासनकालभरि रहने बताइएको छ । 

उनका पिता ८५ वर्षीय अकिहितो २०० वर्षमा पहिलोपटक गद्दी त्याग्ने सम्राट बनेका छन् । उनले बिहीवार गद्दीत्याग गरेका हुन् । 

राजदरबारमा दिइएको सानो भाषणमा सम्राट नारुहितोले ‘जनताको खुशी, देशको प्रगति तथा विश्व शान्ति’ को आशा गरे । 

५९ वर्षीय राजा नारुहितोले आफ्ना पिता अकिहितोप्रति आभार व्यक्त गरे । अकिहितोले देशका लागि गरेको सेवाका बारेमा कुरा गर्दा उनको गला अवरुद्ध भएको थियो । 

बीबीसीबाट
 

कमेन्ट गर्नुहोस्