१४ असार २०८३, आइतबार

सिकलसेल एनिमिया रोकथाम गर्न 'विशेष कार्यक्रम'

बैशाख २०, २०७६
सिकलसेल एनिमिया रोकथाम गर्न 'विशेष कार्यक्रम'

धनगढी – सरकारले पश्चिम तराईमा देखा परेको सिकलसेल एनिमिया रोग रोकथामको लागि विशेष कार्यक्रम ल्याउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६/०७७ को सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश संसदमा प्रस्तुत गर्दै सो कुरा जनाएकी हुन् ।

विशेषगरी पश्चिम नेपालको थारु जातिमा देखा परेको वंशाणुगत गुणबाट सर्ने सो रोगबाट थारु समुदाय प्रभावित बनेको छ । विगतका सरकारले समेत रोगको उपचारलाई प्राथमिकतामा राखेको घोषणा गर्ने गरेपनि प्रभावकारी काम देखिने गरेको थिएन ।

हाल रोगको उपचारको लागि सरकारले प्रतिबिरामी १ लाख बराबरको औषधोपचारको व्यवस्था गर्दै आएको छ । तर प्रभावकारिता नहुँदा पीडितले उपचार सास्ती खेप्न बाध्य हुँदै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्