
काठमाडौं– नेपालमा गैरकानुनी रुपमा बसोबास गरिरहेका आप्रवासी विदेशी नागरिकको संख्या १ हजार ४३ पुगेको छ । विभिन्न मुलुकबाट प्रक्रिया पूरा गरेर आएका तर भिसाको म्याद सकिएका ७२२ जना र भागेर आएका रोहिंग्या जाति ३२१ जना गरी १ हजार ४३ जना अवैधानिक नागरिक रहेको गृहमन्त्रालयले बताएको हो ।
विभिन्न ९ मुलुकबाट स्वीकृति लिएरै नेपाल प्रवेश गरेका ७२२ जना आप्रवासी विदेशी नागरिक भने भिसाको म्याद सकिएपछि अवैधानिक रुपमै नेपालमा बस्दै आएको खबर राजधानी दैनिकमा छापिएको छ ।