
काठमाडौं–अभिनेत्री दीपिका प्रसाइँ र निर्देशक दीवाकर भट्टराईबीच विवाह भएको छ ।
मंगलवार धनगढीमा हिन्दू परम्पराअनुसार उनीहरु वैवाहिक सम्बन्धमा बाँधिएका हुन् ।
विवाह समारोहमा दुबैका परिवारको तथा आफन्तको उपस्थिति रहेको थियो ।
फिल्म ऐश्वर्यको सेटमा भेट भएका यो जोडीको प्रेम त्यहीबाट अंकुराएको बताइन्छ ।