
काठमाडौं– सरकारले महाभूकम्प २०७२ बाट क्षति पुगेका भूकम्पपीडितलाई थप सुविधा प्रदान गरेको छ ।
भूकम्पपीडितलाई सहुलियतपूर्ण ऋण लिन सहज हुने र जीविकोपार्जनका लागि थप एउटा सुविधा थप्ने नियम बनाएको हो ।
सरकारको निर्णयसँगै अब भूकम्पपीडितले आवास निर्माणका अतिरिक्त जीविकोपार्जनका लागि थप कर्जा पनि लिन पाउनेछन् । मन्त्रिपरिषद्को बैठकले अब भूकम्पपछि बनेको घर वा त्यसले चर्चेको जग्गा राखेर जिविकोपार्जनका लागि विभिन्न शीर्षकमा ऋण पाउने व्यवस्था गरेको खबर राजधानी दैनिकमा छापिएको छ।