०२ साउन २०८३, शनिबार

कर्णाली सरकारले गर्यो गोलाप्रथाद्वारा भैंसी वितरण

बैशाख २५, २०७६
कर्णाली सरकारले गर्यो गोलाप्रथाद्वारा भैंसी वितरण

सुर्खेत- कर्णाली प्रदेश सरकारले किसानलाई ७० लाख बराबरका ४० ओटा भैंसी वितरण गरेको छ । सरकारले जिल्लाको बराहताल गाउँपालिकासँग सहकार्य गर्दै ति भैंसी वितरण गरेको प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी व्यवसायिक किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले भैंसी वितरण गरिएको मन्त्रालयको दाबी छ । कृषकमा आधारित भैंसीपालन व्यवसाय कार्यक्रम अन्तर्गत सुर्खेतका कृषकहरुलाई भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुर्खेतको सहजीकरणमा भैंसी हस्तान्तरण गरिएको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जनज्योति कृषि तथा पशु सहकारी संस्था ओदानतालका सदस्यहरुलाई भैंसी हस्तान्तरण गरेकी हुन । कर्णाली प्रदेश सरकारको ५० लाख, कृषकको १० लाख, वराहताल गाउँपालिकाको ५ लाख र लागत सहभागिताको ५ लाख गरी ७० लाखमा भैंसी खरिद गरेर वितरण गरिएको सहकारीका अध्यक्ष ईश्वरभक्त सुनारले जानकारी दिए ।

अध्यक्ष सुनारका अनुसार भैंसी कैलालीबाट खरिद गरी ल्याइएको हो । सहकारीले खरिद गरेका ती भैंसी किसानलाई गोलाप्रथामार्फत छनौट गरी वितरण गरिएको हो । अध्यक्ष सुनारका अनुसार १५ भैंसी दुहुना रहेको तथा वितरण गरिएका भैंसीको सहकारीले बिमा गरिदिएको छ ।

मन्त्री विमला केसीले किसानको आयआर्जनमा वृद्धि गर्न प्रदेश सरकारले आगामी वर्ष पनि यस्ता कार्यक्रम निरन्तरता दिने बताइन् । ‘भैंसीको स्रोत केन्द्रका रुपमा सुर्खेतलाई विकास गर्नुपर्छ, यसका लागि किसानहरुले व्यवसायिक घाँस खेतीमा जोड दिनुपर्छ,' उनले भनिन, ‘आगामी वर्षको बजेट बिनियोजन किसानमुखी हुनेछ । सरकारले कृषिमा दिने अनुदान दुरुपयोग नगर्न आग्रह गर्दछु । भैंसीपालन गरेर आयआर्जन गर्नुस् तर, अनुदानमा पाएका भैंसीलाई बिक्री नगर्नुस् । अनुदानको भरपुर सदुपयोग गर्नुहोस्, अब सरकारी अनुदानलाई गरीब किसानले खोज्ने होइन सरकार गरीब खोज्दै जान्छ ।’

salt training

कमेन्ट गर्नुहोस्