२८ असार २०८३, आइतबार

मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

बैशाख २६, २०७६
मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

रामेछाप- रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

बिहीवार बिहान खिम्तीबाट मन्थली आउँदै गरेको बा४८प ३०१८ नंको मोटरसाइकलको ठक्करबाट लिखुतामाकोशी गाउँपालिका–७ तिल्पुङ निवासी ६५ वर्षीया वृद्धा केशरी तामाङको ज्यान गएको हो ।

घाइते भएकी तामाङको उपचारका क्रममा तामाकोशी सहकारी अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता एवं प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए । 

रामेछापको मन्थली नगरपालिका–१ निवासी २० वर्षीय मोटरसाइकल चालक रामकुमार श्रेष्ठ र मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ । 

salt training

कमेन्ट गर्नुहोस्