३० जेठ २०८३, शनिबार

नवगठित समाजवादी पार्टीले आफ्नो विचारसँग मेल खानेसँग एकताको पहल गर्ने

बैशाख २६, २०७६
नवगठित समाजवादी पार्टीले आफ्नो विचारसँग मेल खानेसँग एकताको पहल गर्ने

काठमाडौँ - नवगठित समाजवादी पार्टी नेपालले आफूसँग विचार मिल्ने प्रगतिशील पार्टीहरूसँग एकताका लागि ढोका खोल्ने निर्णय गरेको छ ।

बिहीवार दिउँसो बसेको पदाधिकारी बैठकले समाजवादी पार्टीको विचारसँग मेल खाने र प्रगतिशील पार्टीहरूसँग एकताका लागि पहल गर्ने निर्णय गरेको पार्टीका सचिव प्रशान्त सिंहले बताएका छन् । समाजवादी पार्टीमा पदाधिकारीको संख्या २५ छ ।

'हाम्रो पार्टीको आज बसेको पदाधिकारी बैठकले एउटा चाहिँ विचार मिल्ने प्रगतिशील पार्टीहरूसँग एकताका लागि पहल गर्ने निर्णय गरेको छ,' सिंहले लोकान्तरसँग भने, 'अर्को चाहिँ जेठ ११ गतेदेखि २५ गतेसम्म सबै प्रदेशहरूमा कार्यकर्ता अभिमुखीकरण कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।'

दुई नम्बर प्रदेशमा जनकपुर र वीरगंजमा र अन्य काठमाडौँ बाहेकका सबै प्रदेश राजधानीमा कार्यकर्ता अभिमुखीकरण कार्यक्रम संचालन गरिने सिंहले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्