
काठमाडौं–सरकारको नीति तथा कार्यक्रममाथि विपक्षी सांसदहरुको जिज्ञासाको जवाफ दिनेक्रममा प्रधानमन्त्री केपी ओलीले बोलेका अमर्यादित शब्द संसदको रेकर्डबाट हटाइएको छ ।
सभामुख कृष्ण बहादुर महराले शुक्रबार गैरसंसदीय शब्द हटाउन रुलिङ गरेका हुन् । ओलीले वैशाख २४ गतेको बैठकमा आक्रोश, कुण्ठा र निम्छरो शब्द प्रयोग गरेका थिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।