
काठमाडौं– यो सिजनको इङ्ग्लीस प्रिमियर लिगको उपाधि म्यानचेष्टर सिटीले जितेको छ। ब्राइटनलाई ४–१ अन्तरले पराजित गर्दै सिटीले उपाधिमाथि कब्जा जमाएको हो ।
च्याम्पियन बन्न सिटीका लागि सर्जियो अगुएरो, एन्टोनी लापोर्टे, रियाद महारेज र इकाए गुन्डागोनले एक–एक गोल गर्दा ब्राइटनका गेलेनले एक गोल गरे ।
यस्तै लिभरपुलले अन्तिम लिग खेलमा वल्भ्सलाई २–० ले हरायो।
योसँगै ३८ खेलबाट सिटीले ९८ अंक जोड्दा लिभरपुलले ९७ अंक जोड्यो।