२६ असार २०८३, शुक्रबार

मलेसियाको नम्बर एक आइसोटनिक ड्रिंक '१०० प्लस' अब नेपालमा

बैशाख ३०, २०७६
मलेसियाको नम्बर एक आइसोटनिक ड्रिंक '१०० प्लस' अब नेपालमा

काठमाडौं- सारा ग्रुपले मलेसियाको नम्बर वान आइसोटनिक ड्रिंक '१०० प्लस' नेपालमा भित्र्याएको छ।

सिंगापुर र मलेसियामा लोकप्रिय रहेको पेय पदार्थलाई आइतवार नेपालमा सार्वजनिक गरिएको हो ।

मलेसियाको एफ एन्ड एन कम्पनीको मुख्य उत्पादनमा रहेको १०० प्लसले मलेसिया, थाइल्याण्ड र सिंगापुरका साथै यसका आसपासका अन्य देशहरूमा पनि आक्रामक बजार विस्तार गरिसकेको छ ।

१०० प्लसको नेपालमा सारा ग्रुपका प्रबन्ध निर्देशक दीपक केसी, १०० प्लस मलेसियाका म्यानेजर च्याङ्ग जेसी, ब्रान्ड म्यानेजर वाइ यीन, नेपाली राष्ट्रिय फुटबल खेलाडी किरण चेम्जोङ, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले नेपालमा सार्वजनिक गरे ।

सोही अवसरमा नेपालका राष्ट्रिय खेलाडी किरण चेम्जोङलाई १०० प्लस नेपालको ब्रान्ड एम्बेसडरमा नियुक्त गरिएको छ । सारा ग्रुपका अध्यक्ष केसी र खेलाडी चेम्जोङविच ब्रान्ड एम्बेसडर नियुक्तको सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

१०० प्लस मलेसिया, थाइल्याण्ड, सिंगापुरलगायतका मुलुकमा लोकप्रिय रहेको र यो नेपाली बजारमा पनि चाँडै स्थापित हुनेमा आफु विस्वस्त रहेको सारा गु्रपका प्रबन्ध निर्देशक दीपक केसीले बताए । उनले भने, ‘नेपाली बजारमा धेरै थरि वेभरेज भएपनि यसको स्वाद र गुणस्तरले नेपाली उपभोक्ताको मन चाँडै जित्छ ।’

मलेसियामा सन् १९८३ मा १०० प्लस सार्वजनिक गरिएको थियो । १०० प्लसले खेलजीवन, एक्टिभ लाइफ र थकानका बेला शरिरलाई स्फूर्त राख्न सहयोग पुर्‍याउने कम्पनीको दाबी छ । 

salt training

कमेन्ट गर्नुहोस्