०४ असार २०८३, बिहीबार

मन्त्रीसँग अन्तर्वार्ताकाण्ड, प्रेस काउन्सिलले सोध्यो ‘एभिन्युजलाई स्पष्टीकरण’

बैशाख ३०, २०७६
मन्त्रीसँग अन्तर्वार्ताकाण्ड, प्रेस काउन्सिलले सोध्यो ‘एभिन्युजलाई स्पष्टीकरण’

काठमाडौँ–प्रेस काउन्सिल नेपालले समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग लिइएको अन्तर्वार्ताका क्रममा प्रयोग गरिएका भाषाशैली र शब्द चयनका विषयलाई लिएर एभिन्युज टेलिभिजनसँग स्पष्टीकरण सोधेकोे छ । 

    उपप्रधानमन्त्री यादवसँग आइतबार राति लिइएको अन्तर्वार्ताका क्रममा अन्तर्वार्ताकारले पत्रकार आचारसंहिताको ख्याल नगरेको र शिष्टतालाई ध्यान नदिइएको ठहर गर्दै उक्त टेलिभिजनसँग स्पष्टीकरण सोधेको हो । 
एभिन्युज टेलिभिजनलाई तीन दिनभित्र जवाफ दिन निर्देशन दिइएको काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्