०७ साउन २०८३, बिहीबार

सुदूरपश्चिम प्रदेशको विनियोजन विधेयक प्रस्तुत

जेठ २, २०७६
सुदूरपश्चिम प्रदेशको विनियोजन विधेयक प्रस्तुत
फाइल फोटो

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले सरकारको आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटको सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका छन् ।

प्रदेश सभाको बिहीवार बसेको बैठकमा मन्त्री बोहराले सो करबाहेकको विनियोजन विधेयक अन्तर्गतको ५६ बुँदे बजेटको सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका हुन् ।

सभाको विशेष समयमा बोल्दै मन्त्री बोहराले १० बुँदे बजेटका उद्देश्यहरू व्यक्त गरे । उनले आगामी बजेट समाजवाद उन्मुख रहने बताए । त्यस्तै कृषिमा आत्मनिर्भरता हासिल गर्ने, उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, दिगो आर्थिक विकास गर्ने, पिछडिएको वर्गलाई सामाजिक न्यायसहित सुरक्षा प्रदान गर्ने उदेश्यसे बजेट ल्याइने बताए ।

प्रदेशका नागरिकहरूको सुरक्षा प्रदान गर्ने, बेरोजगारी अन्त्य गर्ने, आयात प्रतिस्थापन गर्ने, उच्च शिक्षालाई प्राथमिकता दिने उद्देश्यले पनि बजेट आउने मन्त्री बोहराको भनाइ थियो ।

त्यस्तै गरीबीबाट आक्रान्त नागरिकहरूलाई तत्काल राहत पुग्ने गरी गरीबी न्यूनीकरणका लक्षित कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राखिने बताइएको छ भने स्थानीय स्रोत, सीप र साधनमा आधारित रोजगारी तथा स्वरोजगारीमार्फत आयआर्जन वृद्धि गर्ने क्रियाकलाप प्राथमिकता राखिने मन्त्री बोहराले बताए । 

salt training

कमेन्ट गर्नुहोस्