
काठमाडौं– त्रिवि सेवा आयोगले शाखा अधिकृत पदको अन्तर्वार्ता कार्यक्रम स्थगित भएको जनाएको छ ।
आयोगका प्रमुख परशुराम कोइरालाले बिहीबार एक सूचना जारी गर्दै अन्तर्वार्ता कार्यक्रम विशेष कारणबस स्थगित भएको जनाएका छन् ।
अन्य पदहरुको अन्तर्वार्ता भने तोकिएको मिति र समयअनुसार नै सञ्चालन हुने सूचनामा जनाइएको छ ।
आयोगले लिएको लिखित पर त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघसंगठन र नेताका नातेदारहरूको नाम निस्किएको खुलासा भएको थियो ।
सो बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले आवश्यक फाइलहरु जफत गरेर छानबिन थालेको छ ।
परीक्षामा त्रिवि सेवा आयोग अध्यक्ष चैतन्य शर्मा, प्रमुख परशुराम कोइराला, त्रिवि केन्द्रीय क्याम्पसका प्रिन्सिपल कृष्ण आचार्य, पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेललगायत उच्च पदाधिकारीका नातेदारका साथै विभिन्न राजनीतिक दलका नेता र विद्यार्थी संगठनका नेताका आफन्तपनि परीक्षामा उत्तीर्ण भएको बताइएको छ ।
